काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनका लागि ऐन संसोधनको आवश्यकता नरहेको बताएका छन्। आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले संविधान र ऐनमा भएको प्रावधान निर्वाचनका लागि प्रयाप्त रहेकाले ऐन संसोधन आवश्यक नरहेको बताएका हुन्।
निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनको बैठक गरेर निर्णय गरिएकोमा पनि डा.कोइरालाले असन्तुष्टि जनाए। ‘सरकार र निर्वाचन आयोगवीच छलफल गरेर कानुन अनुसार निर्वाचनको मिति तोक्ने हो। गठबन्धनको बैठक गरेर तोक्नु उपयुक्त हैन’ डा.कोइरालाले निर्वाचनमा गठबन्धन गर्न नहुने स्पष्ट पारे।
उनले भने ‘गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा दलिय गठबन्ध गर्न हुँदैन।’ डा.कोइरालाले प्रदेशमा भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउन नहुने धारण राखे। ‘मितव्ययीताको कुरा गरेर खर्च बचाउन तीनै तहका निर्वाचन एकै पटक गर्ने भन्ने हामीले भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाएर व्यवभार थप्नु हुँदैन’। प्रदेश १ मा ७ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने तयारी भइरहेको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया