असार २३, २०८२ सोमबार July 7, 2025

युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ ।

युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो ।

यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया