असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।

भेटवार्तामा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । आजको भेटवार्तामा स्थानीय तहको निर्वाचन, एमसिसी र संसदको अवरोधबारे छलफल भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया