बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

चाइनिज पेस्तोलसहित २ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धनुषाबाट प्रहरीले चाइनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-१ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले ठूलो चाइनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र १ थान म्याग्जिन शनिबार राति बरामद गरेको हो ।

जनकपुर उपमहानगरपालिका-१ भानुचोकमा बा.१४ च ७४५९ नम्बरको कारले ज.९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भए पश्चात् कारलाई चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद भएको प्रहरीले जनाएको छ । कारका चालक जितेन्द्र र कारमा सवार कुमोदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक महोत्तरी पिपरा गाउँपालिका-५ बस्ने २० वर्षीय पारस कुमार यादव र मोटरसाइकलमा सवार हंसपुर नगरपालिका-२ बकचौरा बस्ने ३० वर्षीय शिव कुमार मण्डललाई उपचारका लागि धनुषा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार