कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेप्सेमा झिनो सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ ।

आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अङ्कले घटेर ५११.३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर रु तीन अर्ब ६८ करोड ४० लाख ९ हजार मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज आठ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ३.२२, व्यापार ३९.५१, निर्जीवन बीमा १४.३६, उत्पादन ३५.२८ र सामूहिक लगानी कोष ०.०४ अङ्कले घटेको बजारमा, होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जीवन बीमा ५२.४९, जलविद्युत् ५.३७, वित्त ४.८८, अन्य ०.३३ र लघुवित्त १३.४ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड ९१ लाख ९३ हजार २५४ मूल्य बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ७ लाख ८३ हजार ९, अरुणभ्याली हाइड्रोपावर कम्पनी रु १५ करोड २३ लाख ७६ हजार १२५, अपी पावर कम्पनी रु ११ करोड ५८ लाख ४२ हजार ५५७ र हिमालयन डिष्टिलरीको रु ११ करोड ४८ लाख ४९ हजार ६६८ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहे ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रोपावर कम्पनी ४.२८, किसान लघुवित्त वित्तीय संस्था ३.६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३.५५ प्रतिशतले बढे ।

त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अङ्कले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड–२को ०.२० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ०.१९ अङ्कले घटेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार