जेठ ६, २०८१ आइतबार May 19, 2024

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सल्यानका ५८ विद्यालय छनौट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सल्यानका ५८ विद्यालय छनौट भएका छन् । चालु आर्थिक वर्षमा सिफारिस भएका १ सय ८६ विद्यालय मध्ये ५८ विद्यालय छनोट भएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख लाल बहादुर घर्तीका अनुसार छानिएका विद्यालय मध्ये २ कोठे भवन १५ वटा, ४ कोठे भवन १५ वटा र आईसिटी ल्याब व्यवस्थापनमा २८ गरी ५८ विद्यालय छनोट भएका छन् ।

जसमध्ये बागचौर नगरपालिकामा सबैभन्दा बढी विद्यालय छनोट भएका छन् । बागचौर नगरपालिकामा ४ वटा विद्यालयमा दुई कोठे भवन, २ विद्यालयमा चार कोठे भवन र ३ विद्यालयमा आईसिटी भवन छनौट भएका छन् ।

शारदा नगरपालिकामा ५ विद्यालयमा आईसिटी, १ विद्यालयमा  दुई कोठे भवन र २ विद्यालयमा चार कोठे भवन परेका छ ।

बनगाड कुपिण्डे नगरपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र २ विद्यालयमा चार कोठे भवन, कपुरको गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे र एक विद्यालयमा चार कोठे भवन छनोट भएको छ ।

यस्तै कालिमाटी गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, ३ विद्यालयमा ४ कोठे भवन र एक विद्यालयमा दुई कोठे भवन, कुमाख गाउँपालिकामा ३ विद्यालयमा आईसिटी, १ विद्यालयमा चार कोठे भवन र १ विद्यालयमा दुई कोठे भवन, छत्रेश्वरी गाउँपालिकामा २ विद्यालयमा आईसिटी, २ विद्यालयमा दुई कोठे भवन र एक विद्यालयमा चार कोठे भवन छनौट भएको कार्यालयले जनाएको छ ।

यस्तै दार्मा गाउँपालिकामा २ विद्यालयमा आइसिटी, २ विद्यालयमा चार कोठे भवन र एक विद्यालयमा दुई कोठे भवन, सिद्ध कुमाख गाउँपालिकामा २ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र १ विद्यालयमा दुई कोठे भवन र त्रिवेणी गाउँपालिकामा २ विद्यालयमा आइसिटी र २ विद्यालयमा दुई कोठे भवन छनौट भएका छन् ।

चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवनका निर्माणका लागि १८ लाख र आईसिटी ल्याबका लागि ६ लाख ५० हजार रकम छुट्याइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया