जेठ ६, २०८१ आइतबार May 19, 2024

पोखरा विश्वविद्यालयको दीक्षान्त सम्पन्न, नेकलाई स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पोखरा विश्वविद्यालयको आइतबार सम्पन्न सत्रौं दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का स्नातकोत्तर कार्यक्रममा विद्यार्थी सुभाषकुमार दत्तले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

नेकका सञ्चालित स्नातकोत्तर कार्यक्रम एमएस्सी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड मानेजमेन्टका विद्यार्थी दत्तले सर्वोत्कृष्ट जि.पि.ए.(४ मा ४) ल्याउन सफल भई स्वर्ण पदक प्राप्त गरेका हुन् ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित विभिन्न स्नातक कार्यक्रमहरूमा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल २६ जनाविद्यार्थीहरूलाई पनि पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा डीन लिष्टमा समावेश गरिएको छ ।

डीन लिष्ट र स्वर्ण पदक प्राप्त गर्न सफल सबै विद्यार्थीहरूलाई काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपतिबाट प्रमाणपत्र हस्तान्तरण गरियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति शिक्षा मन्त्रीदेवेन्द्र पौडेल भने अनुपस्थित थिए ।

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने प्रत्येक दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरूले स्वर्ण पदक हासिल गर्न सफल हुँंदै आएको जानकारी गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया