जेठ ६, २०८१ आइतबार May 19, 2024

राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गरः त्रिवि पदाधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने बर्खास्त गर ।’

पछिल्लो एक महिनादेखि तालाबन्दीको चपेटामा परेको त्रिविको सबै काम ठप्प छ । नेपाल विद्यार्थी संघ त्रिवि समितिले गत माघ ६ गतेदेखि त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यालयको मूलगेटमा तालाबन्दी गरेको छ ।

तालाबन्दीका कारण तीन पदाधिकारी कार्यालयका करिब ३ सय कर्मचारी कामबिहीन भएका छन् । नेबिसंघको तालाबन्दीको कारण १५ महाशाखासहित केही विभाग र शाखाको काम समेत पूर्णरूपमा प्रभावित भएको छ ।

लगातार तालाबन्दीका कारण त्रिविको आर्थिक, प्रशासनिक र प्राज्ञिक काम ठप्प भइरहँदा पनि उपल्लो निकायका अधिकारीले त्रिवि पदाधिकारीका कुनै कुरा सुनेका छैनन् ।

केही दिनअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेका थिए ।

प्रधानमन्त्री कार्यालयबाटै ताला फोड्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिइएको थियो । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया