जेठ ६, २०८१ आइतबार May 19, 2024

पढाउँदा पढाउँदै तनहुँमा शिक्षिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अध्यापनको क्रममा लडेकी शिक्षिकाको बुधवार बिहान मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी–६ ग्यारसिङस्थित अमरज्योती प्राविमा अध्यापन गराउँदै आएकी २३ वर्षीय टेकुमाया कुमाल एक्कासि लड्नुभएको थियो ।

करिब ११ बजे कक्षाकोठामै लडेपछि उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पुर्याउदा अस्पतालले मृत घोषणा गरेको हो ।  भिमाद–८ सिम्लेकी कुमालले अमरज्योती प्राविमा विगत २ वर्षदेखि निजी स्रोतमा रहेर पढाउँदै आउनुभएको थियो ।

‘कक्षा ३ मा बिहान पढाउँदा पढाउँदै एक्कासि ढल्नुभएको रहेछ, वडा नं. ६ का कार्यवाहक अध्यक्ष बुद्धि बहादुर थापाले भन्नुभयो , तत्काल एम्बुलेन्स मगाएर अस्पताल पुर्याउदा मृत्यु भइसकेको पुष्टि भयो ।’  शव पोष्टमार्टका लागि दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया