कार्तिक २८, २०८३ शनिबार November 14, 2026

यातायात व्यवस्था कार्यालय दाङद्वारा २४ करोड ३३ लाख राजस्व संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरमा सात महिनाको अवधिमा २४ करोड बढी राजस्व संकलन भएको छ । कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रदीप खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सवारी कर, रुट पर्मिट कर र अन्य सेवा सम्बन्धी करबाट २४ करोड ३३ लाख ४६ हजार ७ सय ७९ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । सबैभन्दा धेरै सवारी करबाट राजस्व संकलन भएको उनले बताए ।

गत साउनदेखि माघ मसान्तसम्म सवारी करतर्फ १९ करोड ८८ लाख ४५ हजार ७ सय ३७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै अन्य सेवा सम्बन्धी करतर्फ ४ करोड ३६ लाख ६३ हजार ३ सय १५ ७५ र रुट पर्मिटतर्फ ७८ लाख ३६ हजार ७ सय २७ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख खनालको भनाई छ ।

गत आर्थिक वर्षमा कार्यालयले ३२ करोड ९६ लाख ४४ हजार ४ सय २९ रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालय प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षको फागुन ११ गते सम्मको सवारी दर्ता विवरण अन्तर्गत मोटरसाइकल, स्कुटर र मोपेट गरी ७५ हजार ६ सय ५८ वटा सवारी दर्ता भएका छन् ।

यस्तै यो अवधिमा ट्याम्पु, बस, कार गरी १३ हजार ३ सय ८७ वटा सवारी दर्ता भएका छन् । चालु आर्थिक वर्षको फागुन ११ गतेसम्म दर्ता भएका सवारीको जम्मा संख्या ८९ हजार ४५ वटा रहेको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार नयाँ सवारी दर्ता गर्ने भन्दा नामसारी गर्नेको संख्या बढी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार