बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

पाँच घण्टापछि बुधबार बिहान खुल्यो नारायणगढ-मुग्लिन सडक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौैं । नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि गाडी चल्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो।

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबार बिहान २ः४५ बजेबाट सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन।

खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो। एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पनि पहिरो रोक्ने काम भइरहेको छ।

सानो वर्षा हुँदा पनि नारायणगढ–मुग्लिन सडक खण्डका धेरै ठाउँमा पहिरो जाने गरेको छ। चार दिनअघि हिउँदे झरिको कारणले पनि यहाँ पहिरो गएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार