बैसाख २६, २०८३ शनिबार May 9, 2026

पायल्सबाट छुटकारा पाउने सरल विधी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाइल्सको समस्या विशेषगरी गर्भावस्था, खानपानमा गडबडी, कब्जियत वा मल त्याग गर्दा वलको प्रयोगका कारण हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर , रगत पातलो गर्ने औषधीको सेवन गर्नेहरुमा पाइल्सले लिभर सिरोसिसको समस्या निम्त्याउँछ ।

पाइल्सबाट छुटकारा पाउने तथा यसलाई बल्झनबाट रोक्ने थुप्रै उपायहरु छन् । जसलाई प्रयोग गर्न सकेको अवस्थामा पाइल्सलाई निको पार्नुका साथै बल्झनबाट रोक्न सकिन्छ ।

पाइल्सको घरेलु उपचार

सिट्ज बाथ : पाइल्समा सिट्ज बाथ प्रभावकारी मानिन्छ । सिट्स बाथ त्यस्तो उपचार पद्धति हो, जसमा पाइल्सका विरामीले  हिप तथा कम्मर मुनीको भागलाई दश देखि पन्ध्र मिनेट तातो पानीमा डुवाउनु पर्छ । यस पद्धतिको उपयोगबाट प्रभावित क्षेत्रमा पीडा कम हुन्छ ।

नरम ट्वाइलेट पेपरको प्रयोग :पाइल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । किनकी पाइल्सका विरामीले सुख्खा पेपरको प्रयोग गर्दा उनीहरुको मलद्वारमा घाउ हुन सक्छ । त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्दा भिजेको वा गिलो ट्वाइलेट पेपरको मात्र प्रयोग गर्न पर्छ । साथै,  फोहर वा अल्कोहल नभएको पेपरको प्रयोग गर्नु पर्छ । अन्यथा, प्रभावित क्षेत्र पोल्न सक्छ ।

ट्रपिकल औषधीको प्रयोग :पाइल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारको ट्रपिकल औषधी बजारमा किन्न पाइन्छ ।   जसमा एन्टीसेप्टिक क्रिम, ओयनटमेन्ट, मेडिकेटेड वाइप्स आदी पर्छन् । यस्ता औषधीमा विच-हेजेल वा हाइड्रोकार्टिकोसोन  पर्दछ । यसले पाइल्सको दुखाई कम गर्नुका साथै चिलाउन कम हुन्छ ।  यस्ता औषधीको प्रयोग चिकित्सकको सल्लाह विना एक हप्ता भन्दा बढी प्रयोग गर्नु हुँदैन ।

दुखाई कम गर्ने औषधी : पाइल्सको विरामीहरुलाई मल त्याग गर्दा तिव्र पीडा  हुन्छ । यस्ता पीडा  कम गर्न दुखाई कम गर्ने विभिन्न औषधीहरु प्रयोग गर्न सकिन्छ । तर, त्यस्ता औषधीको प्रयो गर्नु अघि चिकित्सकसित परामर्श गर्नु पर्छ ।अन्यथा, बालबालिका र किशोरकिशोरीमा यस्ता औषधीले प्राण समेत जानसक्छ ।

बरफको सेकाई : मलद्वारमा रहेको नशाहरु फुलेमा वा फुटेमा पाइल्स हुने भएकोले पाइल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । किनकी यसले रक्तसञ्चारलाई सुस्त बनाई पाइल्समा आराम दिलाउँछ । यसको लागि बरफलाई एउटा व्यागमा हालेर करिब दश मिनेट प्रभावित क्षेत्रमा लगाउनु पर्छ । र, यो प्रकृयालाई दुई-तीन दोहर्‍याउनु पर्छ ।

शरीरलाई सफा राख्ने : पाइल्सको समस्या कम गर्ने अर्को उपाय भनेको पाइल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो । प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्धार वरिपरिको क्षेत्रलाई सफा गरेर पनि शरीरलाई सफा राख्न सकिनछ । मलद्धारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा विना साबुन सादा पानीले पनि सफा गर्न सकिन्छ ।

पाइल्स हुनबाट कसरी जोगिने  ?

पाइल्स हुने मुख्य कारण भनेको कब्जियतको समस्या हो । कब्जियत भएमा मल त्याग गर्न बलको आवश्यकता पर्छ । र , बल लगाउँदा मलद्वार वरिपरिको नशा फुटेर पाइल्सको समस्या निम्तने गर्छ । त्यस्तै, पुरानो डायरियाका साथमा पाचन सम्बन्धि समस्या बाथरुममा बसेर पढ्ने तथा मोबाइलमा गेम खेल्ने बानीले पनि पाइल्स हुने गर्छ । त्यसैले, मलत्याग गर्दा कहिल्यै पनि बल लगाउनु हुँदैन ।

त्यस्तै, बाथरुममा धेरै बेर बस्नु हुँदैन । र, बस्नै परेमा ट्वाइलेट सिटमा बस्दा खुट्टालाई थोरै माथि उठाएर  मल त्याग गर्न सजिलो बनाउनु पर्छ ।

पाइल्स हुने सम्भावना अत्याधिक भएमा ट्वाइलेट जान मन लाग्नासाथ कुदिहाल्नु पर्छ । किनकी समयमा ट्वाइलेट नगए वा धेरैबेर रोके कब्जियत हुनसक्छ । र, मल त्याग गर्नमा समस्या हुने गर्छ । जसका कारण पाइल्स भई अत्याधिक पीडा  हुने गर्छ ।

र, पाइल्स भएमा खानपानको शैली बदलिएर पनि पाइल्स बल्झनबाट रोक्न सकिन्छ । त्यस्तै, सत्तुलित आहारका साथमा पेय पदार्थबाट टाढै रहेर बाउल मुभमेन्टलाई नियमित गराउनुका साथै कब्जियतको सम्भावनालाई कम गर्न सकिन्छ । सन्तुलित आहारका लागि फलफुल, सागसब्जी, अन्न, पास्ता, गेडागुडी लगायतका फाइबरयुक्त खानेकुराको सेवन गर्नु पर्दछ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्दछ । कैफिन तथा मदिराबाट टाढा रहनु पर्छ । किनकी यसले आन्द्राको गतिविधि -बाउल मुभमेन्ट) लाई प्रभावित पार्न सक्दछ ।

नियमित व्यायम गर्नु पर्दछ । तौललाई नियन्त्रित गर्नुपर्दछ । किनकी आवश्यकता भन्दा बढी तौल भएमा यसले मलद्धारको नलीमा अतिरिक्त दवाव पैदा गर्न सक्दछ । जुन पाइल्स पैदा हुने सबैभन्दा ठूलो कारण हो । त्यस्तै, शारीरीक सकि्रयता आफैले पनि कब्जियतको प्रभावमा कमी ल्याउने गर्दछ ।

त्यसबाहेक, विभिन्न वैकल्पिक उपचार पद्धतिद्धारा पनि यस रोगको उपचार गर्न सकिन्छ ।

कतिबेला चिकित्सकलाई देखाउने ?

सामान्यतया, पाइल्स हानीरहित हुन्छ । र, यसको उपचार पनि सजिलो हुन्छ । तर, पनि केही व्यक्तिमा यसले जटिल समस्या निम्त्याउने गर्छ । विशेषगरी,  पाइल्स कारण अत्याधिक पीडा  भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी पुरानो पाइल्सका कारण लामो समय रक्तश्राव भएमा रगतमा रातो रक्तकोषिका कम भई रक्तअल्पत्रा हुने गर्छ । रक्त अल्पत्रा भएमा शरीरका कोषिकामा अक्सिजन राम्ररी पुग्दैन, जसका कारण व्यक्तिलाई कमजोरी तथा थकान महसुस हुने गर्छ ।

शल्यक्रिया रहित उपचारको विकल्प

पाइल्स भएमा विना शल्यक्रिया पनि यसको प्रभावकारी उपचार गर्न सकिन्छ । यस्ता उपचार प्रभावकारी हुनुका साथै सुरक्षित पनि हुन्छ । त्यस्तै, ससाना रबर व्याण्डको प्रयोग गरेर,  स्केलेरोथेरापी इन्जेक्सन तथा लेजर थेरापीद्धारा पनि पाइल्स रोगको उपचार गर्न सकिन्छ । तयसको लागि चिकित्सकलाई देखाउन जरुरी छ ।

कुन अवस्थामा शल्यक्रिया गर्ने ?

केही जटिल अवस्थाहरुमा शल्यक्रिया विना पाइल्सको उपचार सम्भव हुँदैन । त्यस्तो अवस्थामा चिकित्सकहरु पाइल्स निकाल्न शल्यक्रियाको सल्लाह दिन्छन् । यस्ता शल्यक्रिया रोगको प्रकृति र रोगको गम्भीरता तथा उपचार पद्धति अनुसार फरक हुन्छ । र, यस्ता शल्यक्रिया अस्पताल भर्ना भएर वा विना भर्ना पनि गर्न सकिन्छ । शल्यकि्रया गर्दा कहिलेकाही रक्तश्राव, संक्रमण पनि हुनसक्छ ।

पाइल्सका विरामीहरुको लागि सुझाव

-अफिम लगायतका दुखाई कम गर्ने विभिन्न औषधीको प्रयोगले कब्जियतको समस्या पैदा हुन सक्छ । र, पाइल्सको समस्या हुनसक्छ । त्यसैले, यस्ता औषधी प्रयोग गर्नु अघि दिशा नरम बनाउने औषधीको प्रयोग गर्न जरुरी छ ।

-गर्भावस्था र सुत्केरी अवस्थामा धेरैलाई पाइल्स हुनसक्छ । त्यसैले, गर्भावस्थामा चिकित्किको सल्लाह विना कुनै औषधी खानु हुन्न । अन्यथा, यसले स्वास्थ्यमा प्रतिकल प्रभाव पार्न सक्छ ।

ध्यान दिनु पर्ने कुरा

-पाइल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नु पूर्व सावधानी अपनाउनु पर्छ ।

-पाइल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा  तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।

-कुनै औषधीले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचार पद्धतिको थालनी गर्नु पर्छ ।

-पाइल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार