कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कक्षा १२ को परीक्षा आगामी जेठभित्रै गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ । परीक्षा भौतिक उपस्थितिमा नै हुने बोर्डले जनाएको छ ।

कोरोना महामारीको प्रभाव कम हुँदै गएकाले भौतिक उपस्थितिमा नै परीक्षा हुने भएको हो । केही सञ्चार अनलाइन माध्यमहरुबाट परीक्षा नहुने बताइए पनि अन्यौलमा नपर्न बोर्डले सुझाव दिएको छ । यस वर्ष करिब चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।

कक्षा–१२ को परीक्षा तालिका फागुनभित्र सार्वजनिक गर्ने तयारी रहेको बताए। बोर्डका अनुसार परीक्षा समय स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तोकिने छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको हुँदैछ।

पछिल्लो समय कोभिड-१९ संक्रमणको अवस्था कम भएपछि माध्यमिक शिक्षा परीक्षा ९एसईई० पनि भौतिक उपस्थितिमै गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।

बोर्डका अनुसार सबै जिल्लामा दुई हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसईई परीक्षा दिँदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार
बिदामा पनि विद्यार्थीको पढाइ अनुगमन गर्न घरदैलोमा पुग्यो विद्यालय
२०८३ कार्तिक २३, सोमबार
स्पेनिस ला लिगा : एट्लेटिकोलाई २–१ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा कायमै
२०८३ कार्तिक २३, सोमबार
महाधिवेशनमा आर्थिक चलखेल भएको हल्लाका भरमा प्रश्न नउठाउन विश्वप्रकाश शर्माको आग्रह
२०८३ कार्तिक २३, सोमबार
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
२०८३ कार्तिक २३, सोमबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ कार्तिक २३, सोमबार