जेठ ६, २०८१ आइतबार May 19, 2024

शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

विश्वका १५३ देशका विद्यालयसँग प्रतिस्पर्धा गर्दै सो विद्यालयले ब्रिटिस काउसिलद्वारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड जित्न सफल भएको हो । संस्थाद्वारा आज आयोजित एक कार्यक्रममा पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेल, थ्री एञ्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी डा राजेन्द्र गौतमले विद्यालयका प्राचार्य रमेश पाण्डेलाई अवार्ड तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया