असार २३, २०८२ सोमबार July 7, 2025

उपत्यकाका ३ जिल्लाबाहेक बागमती प्रदेशमा भोलि विदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सोनाम ल्होछारको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने बताएका छन ।

‘काठमाडौं उपत्यकाभित्रका संघ मातहतको कार्यालयमा विदा दिन गृह मन्त्रालयकै निर्णय चाहिन्छ, त्यसैले ती तीन जिल्लाका संघ मातहतका कार्यालयमा विदा हुँदैन, प्रदेशका अन्य जिल्लाका सबै कार्यालयमा विदा हुन्छ’ उनले भने ।

शुक्रबार काठमाडौं उपत्यकामा रहेका प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहमा भने विदा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार