जेठ ६, २०८१ आइतबार May 19, 2024

चार वर्षे स्नातक तह तृतीय वर्षको परीक्षा तालिका सार्वजनिक (रुटिनसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तह तृतीय वर्षका परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले रुटिन प्रकाशित गरेको हो ।

 

त्रिविद्धारा जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७८ सालमा सञ्चालन हुने व्यवस्थापन, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ४ वर्षे स्नातक तह तृतीय वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

साथै, परीक्षार्थीहरुले आफूले परीक्षा दिनु पर्ने विषय र कोड एकिन गरेर मात्र परीक्षा दिनु पर्नेछ, यसमा अन्यथा हुन गएमा त्रिवि परीक्ष नियन्त्रण कार्यालय जवाफदेही नहुने कुरा पनि यसै सूचनाद्धारा सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’ परीक्षा यस वर्षको चैत्र महिनाको २३ गतेदेखि सञ्चालन हुनेछ ।

routine
routine

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया