कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कक्षा १० सम्मको सबै परीक्षा वैशाख महिनाभित्रै गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो ।

केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । यसका साथै, एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, विद्यालयहरूले नयाँ शैक्षिक सत्र पनि वैशाखमा नै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार
बिदामा पनि विद्यार्थीको पढाइ अनुगमन गर्न घरदैलोमा पुग्यो विद्यालय
२०८३ कार्तिक २३, सोमबार
स्पेनिस ला लिगा : एट्लेटिकोलाई २–१ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा कायमै
२०८३ कार्तिक २३, सोमबार
महाधिवेशनमा आर्थिक चलखेल भएको हल्लाका भरमा प्रश्न नउठाउन विश्वप्रकाश शर्माको आग्रह
२०८३ कार्तिक २३, सोमबार
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
२०८३ कार्तिक २३, सोमबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ कार्तिक २३, सोमबार