असार २३, २०८२ सोमबार July 7, 2025

भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन् । यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन् ।

८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजीत सिंह सिन्धु लगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । ‘राज्य कंग्रेस इकाइहरुको ‘पुनर्गठनलाई सहज बनाउन’ राजीनामा माग गरिएको कंग्रेस प्रवक्ता रणदिप सुरेजेवालले ट्विट गरेका छन् ।

गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कंग्रेस कमिटी (पीसीसी) अध्यक्षसँग राजीनामा मागेकी हुन् । पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै उनले राजीनामा माग गरेकी हुन् ।

कंग्रेस पन्जाब प्रान्तमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग पराजित भएको थियो भने बाँकी चार राज्यहरुमा पनि सन्तोषजनक प्रस्तुति देखाउन सकेको थिएन । ‘कम व्याक’को आशा गरिएको कंग्रेसले सत्तारुढ भाजपालाई टक्कर दिन बिफल भएको थियो ।

पन्जाब पराजय उसका लागि सबैभन्दा खराब थियो । महिनौँको आन्तरिक द्वन्द्वसँगै अनुभवी नेता अमरिन्दर सिंह र चरणजित सिंह चान्नीसँग सिन्धुको झगडाले कंग्रेस पन्जाबमा पतन भएको हो ।

यसअघि चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस नेतृत्वको बैठक बसेको थियो । कंग्रेस कार्य समितिमा वरिष्ठ नेताहरुलाई सम्बोधन गर्दै गान्धीले पुत्र राहुल र छोरी प्रियंकासँगै राजीनामा प्रस्ताव गरेकी थिइन् ।

‘पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन् । तर, उनको प्रस्ताव सर्वसम्मतले अस्वीकार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार