असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए सामूहिक राजीनामाकाे नाेटिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन । ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ ।
सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् ।
राजीनामाको चेतावनीसहित पत्र दिनेहरु सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।

निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए ।

निजि क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकै पटक एयरबस थप्ने तयारी गरिरहँदा आएको सामूहिक राजीनामा दिने चेतावनीले राष्ट्रियध्वजावाहकलाई थप धक्का पुग्ने ठानिएको छ ।

यसअघि नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयकै सचिव केदारबहादुर अधिकारीलाई रिक्त अध्यक्षको जिम्मेवारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार