असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरस फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । तीन सातायता चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक देखा परेको नयाँ खाले कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा पनि उच्च सतर्कता अपनाइनथालेको छ।
पछिल्लो समय जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिकामा समेत यो भाइरस संक्रमिट फेला परेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो।
नेपालमा कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाएको त्रिभुवन विमानस्थलले बताएको छ। त्रिभुवन विमानस्थलका हेल्थ डेस्क कोअर्डिनेटर गोपाल पाण्डेले थर्मल स्क्यानरले यात्रुको चेक गरिरहेको बताएका छन्। उनले भने, ‘थर्मल स्क्यानरले यात्रुको तापक्रम नाप्छ। कसैलाई ज्वरो आएको देखिए हस्पिटल पठाउँछौँ।’

कुन यात्रुको अवस्था कस्तो छ भन्ने मेसिनले नै स्क्यान गर्ने उनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकलाई कोरोना भाइरस लागेको आशंकामा टेकु अस्पताल पठाएको थियो। उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याइए पनि संक्रमण नपाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो।

कोअर्डिनेटर पाण्डेले २०७० देखि त्रिभुवन विमानस्थलले हेल्थ डेस्क राखी यात्रुलाई चेक गर्न थालेको बताएका छन। ‘इबोला भाइरस चेक गर्नको लागि स्थापना भएको हेल्थ डेस्क लगातार स्वाइन फ्लु र अहिले कोरोना भाइरसको चेक गरिरहेको छ’, उनले भने।

त्रिभुवन विमानस्थलमा अझै इबोला भाइरसको बोर्ड राखिएको छ। बोर्डलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो। यसबारे पाण्डेले भने, ‘अफ्रिकामा अझै इबोला छ। चाइनामा कोरोना भाइरस आयो भन्दैमा इबोलाको बोर्ड हटाउने भन्ने हुँदैन।’

कोरोनाभाइरसका बिरामीमा खासगरी गम्भीर श्वासप्रश्वासका समस्याहरु देखिने, ज्वरो, खोकी, श्वास फेर्न कठिन हुनेलगायतका लक्षण देखिन्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार