श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

काठमाडौं आउँदै गरेको हायस सिन्धुलीमा पल्टियो, १ को मृत्यु, १२ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । झापाबाट बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको हायस गाडी आइतबार बिहान सिन्धुलीमा दुर्घटना भएको छ।

प्रहरीका अनुसार सिन्धुलीको कमलामाइ नगरपालिका २ ढुंग्रेभन्ज्याङमा बा.४ ख ६९६ नम्बरको हायस गाडी राजमार्गबाट करिब ३० मिटर तल खसेको हो।

दुर्घटनामा गाडीका चालक ४० वर्षीय मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था जटिल छ। उनीहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया