काठमाण्डौंः नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले नेपालका उच्च पदस्थ सबै व्यक्तिको सम्पती छानबिन हुनुपर्ने माग राखेका छन् ।
आज बसेको केन्द्रीय कमिटीको बैठकमा उपसभापती गुरुङले भ्रष्ट्राचारको छानविन गरे कांग्रेसले स्पष्ट दुई तिहाइ ल्याउने बताएका हुन् ।
यस्तै सामाजिक सञ्जाल ट्विटरमा उनले आफूले केन्द्रीय कमिटी बैठकमा आफूले राखेको धारणा पनि व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, २०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद, मन्त्री, प्रम, उच्च पदका कर्मचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानबिन गरेर मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध अभियान चलाऔं । तब कांग्रेस जित्छ । सम्पत्ति छानबिनको शुरूआत मेरैबाट गरियोस् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया