असार २३, २०८२ सोमबार July 7, 2025

स्थानीय तह निर्वाचनमा विगतको भन्दा उल्लेख्य प्रगति हुन्छ : नेता पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यसपटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ । माओवादील विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जीत निकालेको थियो ।

निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहनुभएका पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता उहाँले भन्नुभयो, “हामी आफ्नै तागतमा विश्वास गछौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।” उहाँले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पार्नुभयो ।

अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उहाँको भनाइ छ ।

दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेण्डा नभएपछि अन्य राजनीतिक दलको तेजोबोधन गर्न लागिपरेको उहाँको भनाइ छ । अन्य पार्टीले जितेका भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माणको काम प्रभावकारी भएको तथा अन्य सूचकसमेत राम्रो भएको जनाउँदै उहाँले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो ।

अग्रगामी एजेण्डा, विचार, राजनीतिलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उहाँले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताउनुभयो ।

फरक एक प्रसङ्गमा पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले कोरोनाका कारण संसारभरकै अर्थतन्त्रमा समस्या देखिएका कारण त्यसको असर नेपालमा पनि परेको बताउनुभयो ।“अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले पहल गरिरहेकै छ । त्यसमा अन्य मन्त्रालयको पनि उत्तिकै साथ र सहयोग रहनु आवश्यक छ । प्रधानमन्त्रीको तहमा नै चासो हुनु आवश्यक छ” उहाँले भन्नुभयो,“दोष जति अर्थमन्त्री र अर्थमन्त्रालयलाई दिएर कोही पनि उम्कन मिल्दैन । यो नेपालको मात्रै समस्या होइन । विश्वभरकै समस्या हो ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार