असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेसको उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण, नयाँ बर्षसम्म केन्द्रमा पठाइसक्नुपर्ने (तालिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाईएको समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।

‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको परिपत्रअनुसार आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्न तपसिल तालिका अनुसारको समय सीमाभित्र आवश्यक कार्य गर्न गराउनुहुन निर्देशनानुसार जानकारी गरिन्छ,’ केन्द्रको निर्देशनपछि कांग्रेस नुवाकोटले मातहतलाई लेखेको परिपत्रमा भनिएको छ।

लिखित परिपत्र जिल्ला पुग्न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न भनेको छ।

‘परिपत्र आउँदै छ, यो यो मिति राखेर उम्मेदवारी टुंग्याउने समय तालिका मातहतलाई भन्न सानेपाबाट खबर आयो,’ नुवाकोट कांग्रेसका जिल्ला सभापति रमेश महतले युगखबरसँग भने, ‘त्यही अनुसार हामीले परिपत्र गरेका छौँ।’

कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ।

यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ।

महानगर प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि पार्टीको महानगर कार्यसमितिले योग्यता पुगेकामध्येबाट प्रमुख र उपप्रमुख दुवैका लागि एक महिलासहित बढीमा समान तीनजनाको नाम सहमतिबाट, यदि त्यो नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनु पर्ने हुन्छ।

प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय–सुझावसमेत उल्लेख गरी केन्द्रमा पठाउने छ। केन्द्रले प्राप्त नामसहितको विवरण केन्द्रीय संसदीय समितिमा पठाउने छ।

केन्द्रीय संसदीय समितिले प्राप्त नाममध्ये सहमतिबाट यदि त्यसो नभए बहुमतबाट निर्णय गराउनेछ।  उक्त निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने विधानमा उल्लेख छ।

महानगर प्रमुख, उपप्रमुखको उम्मेदवारको निर्णय गर्दा प्रदेश कार्यसमिति सभापतिलाई केन्द्रीय संसदीय समितिको बैठकमा आमन्त्रित गर्नुपर्ने प्रावधान छ।

स्थानीय तह निर्वाचन नजिँकिदा कांग्रेसले टिकट वितरण गर्ने संसदीय समिति कुनै तहमा गठन गरेको छैन। चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय संसदीय समिति गठन गर्ने एजेन्डा थियो। तर, नेताहरुको व्यवस्थापनमा विवाद भएपछि संसदीय समिति गठन नगरी बैठक टुंगिएको थियो।

प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भारतबाट फर्किएपछि संसदीय समिति गठन हुने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार