असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट हो – प्रवक्ता डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् ।

देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू काठमाडौंबाहिर रहेकाले छलफल गर्न सम्भव नभएको उनले स्पष्ट पारे । उनले ओलीको आरोपलाई झुट भनेका छन् ।

‘ओलीजी झुटमाथि झुटको कुरा गर्न अग्रणी स्थानमा छन् । त्यस्तो झुटलाई चिर्न जुरुरी छ । उहाँले भारत भ्रमणमा देउवाजी जानुभयो, हामीसँग कुराकानी गर्नुभएन । फोनसमेन गर्नुभएन भनेर व्यापक प्रचार गर्नुभयो । त्यो सरासर झुट हो ।

सम्पूर्ण विपक्षी दलका नेताहरूलाई बोलाइएको तर सबै नेताहरू बाहिर रहेका कारण छलफल नभएको हो’, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले सनिवार आयोजना गरेको दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले भने ।

अध्यक्ष ओली जनतातिर फर्केर राष्ट्रियताको ठूला कुरा गर्ने र सम्बन्धित ठाउँमा चूँ नबोल्ने नेता भएको प्रवक्ता महतको आरोप छ । कांग्रेस भने सशक्त ढंगले सम्बन्धित ठाउँमा सुस्पष्ट ढंगले कुरा राख्ने पार्टी भएको दाबी गरे ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सीमासम्बन्धी सवाल उठान गर्ने र ढिलो चाँडो टुंगो लाग्ने बताए । फरक प्रसङ्गमा उनले किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई निष्कलंक र सादा जीवन जीउने पूर्वप्रधानमन्त्री भएको भन्दै चर्चा गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार