नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जा मगर, कैलाश राईसहितको उपस्थितिमा चुनावी तालमेल गर्ने निर्णय भएकाे हाे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष पोखरेलले भने, ‘पाँच दलबीच अधिकतम लचकताका साथ गठबन्धन गर्ने निर्णय गरियो र बैठकमा पार्टीका प्रतिनिधिहरूबाट आ–आफ्नो पार्टीको वस्तुगत स्थिति समीक्षाको साथै प्रारम्भिक छलफल भएको छ ।’ आगामी २६ मा बस्ने बैठकले प्राविधिक सहमति जुटाउने र उम्मेदवारी बाँडफाँट हुने नेकपा माओवादीका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) ले जनाएको छ ।
अघिल्लो निर्वाचनमा आठ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको थियो । एक एक पालिकामा नेकपा माओवादी र नेपाली कांग्रेसले जितेका थिए । बेलका नगरपालिकामा पनि नेपाली कांग्रेसका नेता अशोक कार्कीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया