काठमाण्डौंः रुसी सेनाको आक्रमणमा युक्रेनका फोटोग्राफर तथा भिडियोग्राफर माकसिभ लेभिनको मृत्यु भएको छ । युक्रेनको एउटा समाचार वेबसाइटमा काम गर्ने उनी लामो समय रोयटर्समासमेत आबद्ध थिए । युक्रेनमा रुसी हमलाको तस्बीर तथा भिडियो कैद गर्ने क्रममा उनी मारिएका हुन् ।
उनको शव युक्रेनको राजधानी किभको उत्तरको एउटा गाउँमा १ अप्रिलमा फेला परेको उनी कार्यरत समाचार वेबसाइट एबीडटयूएले जनाएको छ । सन् १९८१ मा जन्मिएका लेभिनका एक श्रीमति र चार सन्तान छन् ।
उनी हुता मेजिहिरस्का गाउँमा कार्यरत थिए । सो क्षेत्रमा रुसी सेनाले भीषण गोलाबारी गरेको थियो । लेभिनलाई रूसी सशस्त्र बलका सेनाले गोली हानेर मारेको युक्रेनमा अभियोजक जनरलको कार्यालयलले जनाएको छ । यसको स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया