असोज १५, २०८३ बिहिबार October 1, 2026

थप दुई नेपालीमा कोरोना भाइरसको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।
अस्पताल स्रोतको अनुसार कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन्। टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए।

कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला शनिबार माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष माघ १० गते अस्पताल पुगेका थिए। अस्पताल स्रोतले भन्यो, ‘चीनबाट फर्किनेहरु परामर्शका लागि अस्पताल आइरहेका छन् । तीमध्ये २ जनालाई आशंका गरेर उपचार थालिएको हो ।’

ती महिला चिनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतले बताएको छ ।

गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ।

उनको परिचय खुलाइएको छैन। चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य मन्त्रालयमा हालै बसेको आकस्मिक बैठकले प्रदेशस्तरमा रहेका उच्चस्तरीय अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

आजै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले नेपालमा कोरोनाभाइरसको अवस्था र तयारीका बारेमा ब्रिफिङ गराउने कार्यक्रम रहेको मन्त्रालयको बैठकले निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार