राप्रपा महाधिवेशको बन्दसत्रमा राजसंस्थाको आवश्यकता र अपरिहार्यताबारे व्याख्या गर्दै प्रतिवेदन पेस गरेका थापा अध्यक्षमा पराजित भएपछि पूर्वराजपरिवारप्रति आक्रोशित हुँदै आएका छन् ।
राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले बिगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए ।
विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए ।
बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार ठूला भनिने दलहरू मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएकोसमेत आरोप लगाएका उनले भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने बताए ।
धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्दतर्फ जानेमा समेत थापाको चिन्ता थियो ।
प्रतिक्रिया