असार २३, २०८२ सोमबार July 7, 2025

श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन र राष्ट्रिय सङ्कटको समाधान खोज्न एकजुट भएर काम गर्न आमन्त्रण गर्नुभएको छ।

आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान सङ्कट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र देशको लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्ने बताउनु भएको छ ।

एसियाको एक अग्रणी लोकतन्त्रका रूपमा यसलाई लोकतन्त्रको ढाँचामा नै सम्बोधन गर्न आवश्यक छ, पत्रमा भनिएको छ, “नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ।”

श्रीलङ्का टापु राष्ट्रका ठूलो सङ्ख्यामा मानिसहरूलाई असर गरिरहेको खाद्यान्न र इन्धन अभावको साथ गम्भीर आर्थिक सङ्कटसँग लडिरहेको छ। कोभिड–१९ को महामारीको सुरुवातदेखि नै अर्थतन्त्र धरापमा छ।

सबै २६ जना मन्त्रीहरूले नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिन सहमति जनाउँदै पत्रमा हस्ताक्षर गरेको अङ्ग्रेजी भाषाको पत्रिका डेली उल्लेख गरेको छ।

महिन्द्र राजापाक्षे कार्यालयमा रहनेछन् र मन्त्रिपरिषद्का अन्य सबै सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्, न्यूज वायरले  उल्लेख गरेको छ।

यसैबीच श्रीलङ्कामा शनिबार साँझ ६ बजे लगाइएको ३६ घण्टा लामो कर्फ्यु सोमबार बिहान ६ बजे हटाइएको थियो तर देश अझै पनि आपतकालीन अवस्थामा छ ।

सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, व्हाट्सएप र युट्युब लगायतका सामाजिक मिडिया प्लेटफर्महरूको पहुँचमा रोक लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले यसको विरुद्धमा बोलेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो।

यसअघि शनिबार भारतले श्रीलङ्कालाई ४०,००० मेट्रिक टन डिजेल पठाएको थियो जसमा टापु देशको विद्युत् सङ्कटलाई कम गर्न मद्दत गरिएको थियो। भारतले श्रीलङ्कामा विस्तार गरेको ५०० मिलियन तेल लाइन अफ क्रेडिट (एलओसी) को एक भागको रूपमा यो कोलोम्बोलाई पठाइएको इन्धनको चौथो खेप थियो।

यसबाहेक, भारतले पछिल्लो ५० दिनमा टापु राष्ट्रलाई करिब २ लाख मेट्रिक टन इन्धन आपूर्ति गरेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार