कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.१६, व्यापार ३२.१९, होटल तथा पर्यटन २२.३६, विकास बैंक २४.५८, जलविद्युत् २२.४६, वित्त १३.६५, निर्जीवन बीमा २००.१३, उत्पादन १५.३४, अन्य २०.६, लघुवित्त २२.११, जीवन बीमा ११७.४५, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४१ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबार पछि बजार पूँजीकरण रु ३५ खर्ब ४७ अर्ब २८ करोड १२ लाख ७० हजार ४०१ बराबरमा सिमित भएको छ ।

कारोबारका आधारमा इमर्जिङ नेपाल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३९ लाख १५ हजार ५८३ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु पाँच करोड ६७ लाख ८७ हजार ८७६, सूर्य लाइफ इन्स्योरेन्स रु चार करोड ६३ लाख ४८ हजार, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९१ लाख दुई हजार ८८६ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६९ लाख ३३ हजार ५९१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.१२, आरबीबी म्युचुअल फण्ड एक ३.१८ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले २.०१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.६६, कर्णाली डेभलपमेन्ट बैंक ४.२८, प्रभु इन्स्योरेन्स ४.०१, सिद्धार्थ इन्स्योरेन्स ३.४२ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार
शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०८३ कार्तिक २८, शनिबार
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
सभामुख अर्याल छठ पूजामा सहभागी हुन पर्सा जाने
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार