असार २९, २०८२ आइतबार July 13, 2025

सेनाका ढकाललाई अन्तर्राष्ट्रिय ‘वेष्ट रेफ्री अवार्ड’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित हुनुभएको छ ।

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उहाँले वेष्ट रेफ्री बन्न सफल हुनुभएको हो । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी हुनुहुन्थ्यो ।

निर्णायक (रेफ्री) मध्ये उहाँ उत्कृष्ट घोषित हुन सफल हुनुभएको थियो । यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया