असार २५, २०८२ बुधबार July 9, 2025

बागमती प्रदेश कांग्रेस संसदीय दलको उपनेतामा भँडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन् । प्रदेशसभा संसदीय दलको विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन ।

यसअघि, प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भएपनि उपनेता चयन गरेको थिएन ।

दुई वर्षपछि भँडेललाई सोमबार उपनेता नियुक्त गरिएको हो । भँडेल मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया