असार २९, २०८२ आइतबार July 13, 2025

चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा  पहिलो जित निकालेको छ ।

यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए ।

चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए । यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्‍यो ।

चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए । यस्तै अम्बाती रायडूले २७ रनको योगदान गरे । हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया