काठमाण्डौंः आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेको तर्फबाट एक दर्जन आकांक्षी देखिएका छन्। शनिबार भएको नगर कमिटि पूर्ण बैठकमा नगरको मेयरको लागि ८ र उपमेयरको लागि ६ जनाले दावी प्रस्तुत गरेका हुन्।
मेयरको लागि दावी गर्नेहरुमा प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष मिठाराम केसी, जिल्ला कमिटि सदस्य तथा गोदावरी सहइन्चार्ज गम्बीर बहादुर राना, हाल प्रदेश सांसद रहेका चेतनाथ सञ्जेल, जिल्ला कमिटि सदस्य तथा जिल्ला नगर इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ, जिल्ला कमिटि सदस्य तथा साविक चापागाउँ गाविसका पूर्व अध्यक्ष चरसुन्दर महर्जन, प्रदेश कमिटि सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा सहकारीकर्मी तथा च्याउ कृषक चित्रराज तिमल्सिना रहेका छन्।
यसैगरी उपमेयरको दावेदारी प्रस्तुत गर्नेहरुमा पार्टी जिल्ला कमिटि सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ (अनेमसं) की जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत,वडा नं १३ की वडा सदस्य तथा अनेमसंघकी नगर कमिटि अध्यक्ष गौरी अधिकारी केसी, पार्टी जिल्ला कमिटि सदस्ता प्रेमदेवी देशार नगर कमिटि सहसचिव रमी प्रधानाङ्ग, नगर सचिवालय सदस्य संगीता नापित र अनेमसंघ नगर कमिटि उपाध्यक्ष सबिना महर्जन रहेका छन्।
यद्यपि मेयर र उपमेयरको टिकट जसले पाए पनि नगरपालिकामा पार्टीको विजय प्रमुख विषय रहेको हुँदा पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउनका लागि सबैजना सक्रिय भएर लाग्ने सबै दावेदारहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया