काठमाण्डौंः स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् ।
यसैगरी प्रमुख विपक्षी दल नेकपा एमाले, राप्रपा सहितका दलहरूले पनि अहिलेसम्म बेलकोटगढी मेयरको लागि उम्मेदवार घोषणा गर्न सकेका छैनन् ।अकांक्षीहरूले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन् ।
वडातहमै जति नै बैठक बसेपनि गठबन्धनदलहरुबीच सहमति जुट्न सकिरहेको छैन, जसका कारण सबै दलहरुले मिलेसम्म सबै गठबन्धनको साझा उम्मेदवार तय गर्ने त्यो पनि सम्भव नभए आ-आफ्नै दलको उम्मेदवारहरु चुनावी मैदानमा उत्रने नुवाकोट ककनी गाँउपालिका वडा नं ३ का कोषाध्यक्ष कमल प्रसाद ढुङ्गाना बताउछन् ।
कति पय गाँउपालिका तथा वडाहरुमा आबद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड समेत सुरू भइसकेको छ । दलहरूले पनि आन्तरिक रूपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् । यसैबीच नुवाकोटको बेलकोटगढीमा मेयरका एक दर्जन आकांक्षीबीच बद्री प्रसाद मुडभरीको सम्भावना बढीरहेको सो पार्टीका जिल्ला स्तरीय नेताहरुले बताएका छन् । आखिर को हुन् त बेलकोटगढी नगरपालिकाका मेयर आकांक्षी मुडभरी ।
को हुन् बद्री प्रसाद मुडभरी
आसन्न स्थानीय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाकाे प्रमुख पदमा उमेद्धवारी दिने तयारीमा रहेर चुनावी मैदानमा होमिएका युवा नेता बद्री प्रसाद मुडभरी बर्तमान बागमती प्रदेश कार्यसमितिका निर्वाचित सदस्य हुन् ।
वि.सं. २०५१ सालमा नेपाल बिद्यार्थी संघ वीरेन्द्र मावि कुमरीबाट ईकाइ उपसभापति २०५३ शालमा सचिब बनेर सुरुवाती चरणमै सबैको हाइहाइ बनेका थिए मुडभरी । नेपाली काङ्ग्रेसको भातृ संगठनमा रहेर काम गर्दै जादा उनि वि.सं. २०५६ सालमा नुवाकोट क्षेत्र नं १ बाट नेविसंघको क्षेत्रीय सदस्य, २०५७ मै मनोहर बहुमुखी क्याम्पसमा इकाइ सचिव हुँदै सोही वर्ष स्वतन्त्र विद्यार्थी युनियनको सचिवको प्रत्यासी समेत भए ।
त्यस्तै वि.सं. २०५९ सालमा नेविसंघ जिल्ला कार्यसमिति नुवाकोटको सदस्य बनेका मुडभरी २०६० सालमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसको इकाइ सभापति बनेका थिए । सोही वर्षको फाल्गुन १४ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिको प्रत्यासी बनेका मुडभरी २०६२ सालमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसबाट भारी मतका साथ स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा निर्वाचित भएका थिए ।
२०६४ मा नेविसंघ नुवाकोटको उपसभापति, पार्टीको १२औँ महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नं १ का सचिवको प्रत्यासी, २०६८ सालमा नेविसंघको केन्द्रीय सदस्य, पार्टीको १३औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि भएका उनी पछिल्लो समय नेविसंघको केन्द्रीय सह-महामन्त्री भई लामो समय संगठन निर्माणमा खटिएका थिए । केन्द्रमा संस्थापन पक्ष मानिने नेता मुडभरी जिल्लामा कांग्रेस पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुर सिंह लामा निकट मानिन्छन् ।
निरङकुश राजतन्त्र २०५९ असोज १८ को कदमका विरुद्धमा खरो रुपमा सडकमा उत्रिएका उनी जनआन्दोलन २०६२/०६३ मा सक्रिय रुपमा समेत सहभागि भएका थिए । र जन आन्दोलन २०६२/०६३ मा पटक पटक गरि करिब २ महिना जेल जीवन ब्यतित गरेका थिए।
वि.स. २०५४ सालदेखि २०७४ सम्मका सबै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय सहभागिता एवं निर्बाह गराउदै आएका मुडभरीले व्यबस्थापन संकायमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् ।
नेपाली कांग्रेसको बागमती प्रदेशको निर्वाचित प्रदेश कार्य समिती सदस्य रहि हाल कार्यसम्पादन गरिरहेका उनीसँग समग्र बेलकोटगढिको दीर्घकालीन बिकासको योजना आफू सङ्ग रहेको कुरा बताँउछन् । साथै आफ्नो जिवनको सम्पुर्ण उर्जाशिल समय राजनितिमा बितायका उनि थुप्रै सामाजिक संघ संस्थामा समेत आबद्ध रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया