असार २५, २०८२ बुधबार July 9, 2025

सत्ताधारी दल र चुनावी गठबन्धन – श्याम प्रसाद मैनाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रारम्भः

नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलगायतका दलसँग गठबन्धन गर्दै सत्तामा छ । नेपालको राजनीति धेरै लामो समयदेखि मिलिजुली संस्कृतिबाट अघि बढिरहेको छ । सत्ताधारी दलबीचको यो गठबन्धन चुनावी नतिजा आफ्नो पक्षमा पार्न कामयावी हुने अनुमान प्रायः सबै दलका शीर्षस्थ नेताले गरिराखेका छन् । यही सोचका कारण नेपालमा केही वर्षदेखि अधिकांश समय मिलिजुली सरकार गठन भइराखेको छ । वर्तमान समय देश स्थानीय तहको निर्वाचनको संघारमा छ । एक वर्षपछि सबै तहको निर्वाचन सम्पन्न हँुदै छन् । सबै तहमा आफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा राजनीतिक दलमा तीव्र छ ।

गत संसदीय निर्वाचनमा एमाले दलले बहुमत प्राप्त गर्नुमा पनि माओवादी केन्द्रसँगको गठबन्धन भएको यथार्थता राजनीतिज्ञले राम्ररी बुझेका छन् । त्यसैले सम्भव भएसम्म सबै दल कुनै पनि दलसँग चुनावी गठबन्धन गर्न मानसिक रूपमा तत्पर छन् । नेपाली कांग्रेस आफ्नो दलभित्रको लामो छलफलपश्चात् सत्ताधारी दलबीच चुनावी गठबन्धन गरेर जाने निष्कर्षमा पुगेको छ । गठबन्धनमा जाने निर्णयपश्चात् स्थानीय तहमा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनका लागि गठबन्धनमा रहेका दलबीच संयन्त्र निर्माण भई यसले क्रियाशीलता दिन थालेको छ ।

गठबन्धनको अभ्यासः

संसदीय शासन प्रणालीमा राजनीतिक दलबीचको गठबन्धनलाई सामान्य रूपमा हेर्न थालिएको छ । विश्वभरको उदाहरणको अध्ययन गर्ने हो भने प्रायः सबै लोकतान्त्रिक देश गठबन्धनको अभ्यासमा छन् । यस्तो गठबन्धन गर्ने केही देशको उदाहरण प्रस्तुत गरौं । छिमेकी देश भारतमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनलाई भारतीय जनता पार्टीले नेतृत्व दिइराखेको छ । सन् १९९८ मा बनेको यो गठबन्धन अहिले सरकारको नेतृत्व गरिराखेको छ । केन्द्रीय सरकारका साथै १८ वटा राज्यमा यही गठबन्धनको सरकार छ । प्रधानमन्त्री नरेन्द्र मोदी यही गठबन्धनबाट दुई दुई पटकसम्म सरकारको नेतृत्वमा पुग्न सक्षम भएका छन् र यो गठबन्धनले निरन्तरता प्राप्त गरिराखेको छ ।

संयुक्त अधिराज्यमा समेत राजनीतिक दल गठबन्धन संस्कृतिप्रतिको आकर्षण बढिरहेको छ । कमजोर राजनीतिक दल गठबन्धनमा सामेल भएर निर्वाचनमा जाँदा सफलता प्राप्त भएकाले यो अवस्था आएको हो । उत्तरी आयरल्यान्डमा यो अभ्यास विशेषगरी बढी पाइएको छ । फिलिपिन्समा ग्रान्ड एलाइन्स फर डेमोक्र्यासीका नामले गठबन्धन गर्दै कमजोर राजनीतिक दल समेत राष्ट्रिय स्तरको दलका रूपमा अस्तित्वमा देखिने परिस्थिति बनेको छ । राजनीतिक दलबीच गठबन्धन नगरेका देशहरू अपवादमा मात्र भेटिएका छन् ।

नेपालमा राजनीतिक दलबीच गठबन्धन प्रजातन्त्र प्राप्तिपश्चात् र लोकतान्त्रिक गणतन्त्रका आधारमा शासन प्रणाली सञ्चालनमा आएपछि राजनीतिक संस्कारका रूपमा अभ्यस्तता प्राप्त गरिरहेको छ । पञ्चायती शासन प्रणालीविरुद्ध बहुदलवादी एकताबद्ध भएकै थिए । आस्था र सिद्धान्तका आधारमा संघर्षको प्रारूप तयार भएको थियो । सबै दलको अर्जुन दृष्टि पञ्चायती निरंकुश शासन प्रणालीलाई समाप्त गर्नु थियो । २०४६ सालमा स्व. गणेशमान सिंहको नेतृत्वमा साम्यवादी र लोकतन्त्रवादीको संयुक्त आन्दोलनले प्रजातन्त्रको पुनर्वहाली गर्न सम्भव भएको हो । २०४६ सालपश्चात् सरकार गठन र पुनर्गठन प्रयोजनमा गठबन्धन संस्कृति अत्यन्त ज्यादा मौलायो । यसले राजनीतिक सिद्धान्त र आदर्शलाई हदैसम्म समझदारी गर्दै गएको थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा स्व. किसुनजीलाई पराजय गर्ने क्रममा नेकाभित्रको एक समूह र एमाले दलमा अस्वस्थ समझदारी बनेकै हो । सरकार गठन गर्ने क्रममा जब सबैभन्दा ठूलो दलका रूपमा स्थापित एमालेको सरकार नौ महिनामा नै असफल बन्यो, नेकाले स्व. सूर्यबहादुर थापालाई सरकारको नेतृत्व प्रदान गरी आफ्नो दललाई सरकारमा पठाउने कार्य गर्न पुग्यो । एमालेले राप्रपाभित्रको अर्को टुक्रालाई साथमा लिई नेका राप्रापा गठबन्धन समाप्त गरी राप्रपाकै अर्का नेता लोकेन्द्रजीको नेतृत्वमा आफ्नो दल सम्मिलित सरकार गठन गर्न पुगेको थियो । यस्ता अत्यन्त सस्ता प्रकृतिका गठबन्धन गर्दा राजनीतिक अस्थिरताको अवस्था बनेको, पञ्चलाई नेता मान्न क्रान्तिकारी शक्तिबीच प्रतिस्पर्धा नै चलेको थियो ।

यसको स्वतन्त्र बुद्धिजीवीबाट पर्याप्त आलोचना भए पनि प्रभावशाली दलका रूपमा अस्तित्व बनाएका नेका र एमालेलाई थोरै मात्र पनि लज्जाबोध भएन । २०६३ सालपश्चात् दलबीच गठबन्धनले सघन रूपमा निरन्तरता प्राप्त गर्दै गयो दुईवटा उदाहरण मात्र दिँदा पर्याप्त हुनेछ । गत स्थानीय निर्वाचनमा माओवादीसँग नेकाले गठबन्धन ग¥यो । द्वन्द्वको समयमा नेका समर्थक इमानदार कार्यकर्ताको थुप्रै संख्यामा हत्या गर्ने माओवादी केन्द्रको हसियाहथौडा चिह्नमा मतदान गर्नुपर्ने दारुनिक दृष्य देखिएको थियो । आफ्नो प्रभाव भएको स्थान चितवनको भरतपुर नगरपालिकामा समेत प्रचण्डपुत्री रेणुको कार्यकर्ता बन्न केन्द्रीय नेतृत्वले माओवादीबाटै प्रताडित आफ्ना होनहार कार्यकर्तालाई बाध्य गराएको थियो । संसदीय निर्वाचनमा उक्त गठबन्धनलाई नेकाले निरन्तरता दिन चाहँदा पनि एमालेसँग बढी फाइदा हुनेदेखि माओवादी केन्द्रले पहिले गठबन्धन गरेर तत्पश्चात् दल नै एमालेमा विलय गराउने कार्य समेत गर्न पुग्यो ।

गठबन्धनमा जाने निर्णयसँगै स्थानीय तहमा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनका लागि संयन्त्र निर्माण भई यसले क्रियाशीलता देखाउन थालेको छ ।

यो गठबन्धन अप्राकृतिक भएकाले अल्प अवधिमा नै फुट्न पुग्यो । अहिले एमालेदेखि सबै दलबीच गठबन्धन गर्ने प्रतिस्पर्धा चलेको छ । प्रचण्डले माफीमागेमा छलफल प्रारम्भ हुनसक्ने संकेत एमाले दिइरहेको छ । जनाधार भएका जो कोहीलाई दलको टिकट प्रदान गर्ने र अप्रत्यक्ष सहयोग गरी नेकालाई कमजोर बनाउने रणनीति एमालेले ब्यग्रताका साथ लिएको छ । करिब दुई तिहाइको सरकार गिराएर धोका दिएकाले कमरेड द्वय प्रचण्ड र माधवको राजनीति समाप्त पार्न ओलीजी पूर्वाग्रहका साथ लागिपरेका छन् ।

गठबन्धन गर्नुको कारणः

गठबन्धनका केही उद्देश्यहरू हुन्छन् । राष्ट्रिय समस्याको समाधानमा दलबीच समझदारी गर्दै समाधानमा पुग्नु पनि यसको उद्देश्य हो । नेपालको संविधान जारी गर्ने समयमा सो संविधान जारी नगर्न अन्तर्राष्ट्रिय दबाब परेको थियो । संविधानलाई अन्तिम रूप दिन र दबाबको सामूहिक रूपमा सामना गर्न ठूला दलबीच बनेको समझदारीलाई स्वागत गर्नुपर्ने हुन्छ । विभिन्न मुद्दामा वैदेशिक क्षेत्रको समर्थन राष्ट्रका लागि प्राप्त गर्न पनि दलबीच गठबन्धन हुन सक्दछ । राष्ट्रिय महŒवको अमूक विषयमा साझा सहमति प्राप्त गर्न गठबन्धन हुने गरेको छ ।

युक्रेन रुसको आक्रमणविरूद्ध ईयू र नाटो सम्बद्ध राष्ट्रले साझा नीति अख्तियार गरेर एकता प्रदर्शन गरेका र रुसलाई अप्ठ्यारो अवस्था बनाउन कडा व्यापारिक प्रतिबन्धको घोषणा गरेका छन् । राजनीतिक प्रणालीमा आमूल परिवर्तन गर्न चाहँदा यो मुद्दा सबैको साझा विषय हुनुपर्छ । यसका लागि दलीय गठबन्धन जरूरी हुन्छ । २००७ सालमा रानालाई सत्ताच्युत गर्न राजा र लोकतान्त्रिक शक्तिबीच गठबन्धन भएकाले मात्र नेपालमा प्रजातन्त्रको अंकुुरण हुन पुगेको हो ।

यी बृहत् राष्ट्रिय साझा मुद्दाका साथै अन्य कारण पनि गठबन्धनको अवस्था आमन्त्रण गर्न जिम्मेवार हुन्छन् । सरकारमा निरन्तरता प्रदान गर्न गठबन्धन गर्नुपर्ने र सो गठबन्धनलाई विश्वसनीय बनाउनु जरूरी हुन्छ । अहिले प्रधानमन्त्रीलाई ५ दलीय गठबन्धन जोगाउनुपर्ने अवस्था छ । नेकाको संसद्मा रहेको शक्तिका हिसाबले गठबन्धनबिना सरकार गठन हुन र निरन्तरता प्राप्त गर्न प्रायः असम्भव छ ।

एमालेले वाम दलबीच गठबन्धनबाट अभूतपूर्व सफलता गत आमनिर्वाचनमा प्राप्त गरेको सन्दर्भलाई मनन गर्नुपर्ने अवस्था छ । नेकासँग गठबन्धन नहुँदा यी दल आफ्नो अस्तित्व रक्षाको खोजीमा जुनसुकै दलसँग गठबन्धन गर्नसक्ने अवस्था छ । सरकार संकटमा पर्ने र आसन्न निर्वाचनमा आफ्नो अवस्था मजबुद हुन नसक्ने सन्त्रासका कारण गठबन्धन आवश्यक परेको हो । यस अर्थमा नेकाका लागि गठबन्धन आवश्यक तर खास गरी माधव र प्रचण्डजीका लागि बाध्यता जस्तै देखिएको छ ।

निर्वाचनमा प्राप्त गर्नुपर्ने थ्रेसहोल्डमा कारण पनि दलीय गठबन्धन जरूरी छ । देशले अवलम्बन गरिआएको निर्वाचन प्रणालीका कारण समेत यसको आवश्यकता स्पष्ट भएको छ । नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिरहेको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण साना साना दलको उपस्थिति संघीय संसद्मा भइरहेको छ, उनीहरूको सौदाबाजी गर्ने क्षमता रहन्छ । यही कारणले गर्दा सरकार अस्थिर छ जुनसुकै समय गिर्न सक्छ । सरकार गिराउन र नयाँ सरकार गठन गर्न सबै प्रकारका दललाई साथमा लिनुपर्ने अवस्था छ ।

मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिआएका देशमा प्रायः सबैतिर मिलिजुली सरकार बनेको छ । एमालेले गत निर्वाचनमा प्राप्त गरेको मत माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका कारणले गर्दा हो । एमालेको आफ्नै क्षमता वहुमत प्राप्त गर्न सक्ने थिएन । यस अर्थमा पनि नेपालमा ठूला दल गठबन्धन गर्न प्रतिस्पर्धा गरिरहेका हुन् ।

गठबन्धन नेकाका लागि कति उत्पादक ?

गठबन्धन गर्नुभन्दा पहिले यसको उद्देश्यका बारेमा प्रस्ट हुनुपर्छ । नेकाको विगतको राजनीतिक इतिहास अध्ययन गर्दा कम्युनिस्टसँग गठबन्धन गर्दै जाँदा राजनीतिक हिसाबले प्रत्युत्पादक देखिँदै गएको छ । स्व. बीपी कोइरालाबाट प्राप्त मार्गदर्शनका आधारमा कांग्रेसले राजनीति गर्दा जनताबीच अत्यन्त राम्रो प्रभाव परेको थियो । बीपीलाई स्व. पुष्पलालजीले भूमिगत अवस्थामा नै कार्यगत एकताको प्रस्ताव गर्दा उनले प्रस्ट रूपमा इन्कार गरेका थिए । बीपीको विचारमा नेकाको एकता र गठबन्धन लोकतान्त्रिक शक्तिसँग मात्र हुन सक्दछ ।

लोकतान्त्रिक शक्तिका रूपमा नेपालको राजनीति नेपाली कांग्रेसको वरिपरि घुमिरहेको हालसम्मको स्थितिबाट कम्युनिस्टसँगै हिंड्दा धराशायी बन्दै गएको देखिन्छ ।

गैरलोकतान्त्रिक शक्तिसँगको गठबन्धन अप्राकृतिक र क्षणिक हुन्छ, किनकि सिद्धान्तका हिसाबले नेका र कम्युनिस्ट भनेका नदीका दुई किनारा हुन् जसको मिलन असम्भव छ । भोलि छुट्ने शक्तिसँग आज किन गठबन्धन गर्ने ? पञ्चायती व्यवस्था दुवै शक्तिका शत्रु भएकाले आफ्नो आफ्नो कित्ताबाट दुवैले विरोध गर्ने, आफ्नै प्रकारले आफ्नै आदर्श र मूल्य मान्यतामा रहेर आन्दोलन गर्नु उपयुक्त हुन्छ । यही विचारधारा र यथार्थतामा रहेर उनले कम्युनिस्टसँग एकता गरेनन् । तर, २०४६ सालमा नेकाले कम्युनिस्टलाई समेत एकै मोर्चामा राखेर संयुक्त आन्दोलन ग¥यो । यही दिनबाट नेकाको अधोगति प्रारम्भ भएको छ ।

बीपीले सिक्किम भारतमा विलय भएको घटनाबाट सतर्क हँुदै नेपालको राष्ट्रियताको संरक्षण गर्ने मनसायले आफ्नो भौतिक अस्तित्व समेतलाई दाउमा राखेर मेलमिलापको सिद्धान्तसहित नेपाल प्रवेश गरेको यथार्थता सबैका सामु जगजाहेर छ । यो स्तरको दीर्घकालीन सोचभएका नेताहरू नेकामा देखिएनन् । तसर्थ, साम्यवादी कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन् । यदि, भए भने त्यो साम्यवादी दल हुँदैनन् । यस बिन्दुमा सीमित रहेर विश्लेषण गर्दा यसपटकको साम्यवादीसँगको गठबन्धन पनि उपयुक्त भएको निष्कर्षमा पुग्न सकिन्न ।

२०१५ सालमा चार स्थानमा मात्र सीमित बनेको कम्युनिस्ट दल मिश्रित निर्वाचन प्रणालीका आधारमा निर्वाचन गर्दा सामेत प्रायः दुईतिहाइको बहुमत हासिल गर्न पुगेको थियो । यो कांग्रेससँग गठबन्धन गर्दा नेकाका मतदाता कांग्रेस र कम्युनिस्टबीच विभेद गर्न नसक्ने अवस्थामा पुग्नुेको परिणाम हो । अब केही वर्ष साम्यवादीको प्रयोगशालाका रूपमा नेका परिचालित हुँदै जाँदा यसको अवस्था अत्यन्त दयनीय हुँदै जानेछ ।

वर्तमान समयको नेका र कम्युनिस्टबीच गठबन्धन सत्ताकेन्द्रित मात्र हो । माधव र प्रचण्डजीले आफ्नो अस्तित्व रक्षा गर्न दिएको दबाबको परिणति हो । किनकि प्रचण्ड र माधवजीलाई समेत सुरक्षित निर्वाचन क्षेत्रको अभाव छ । कांग्रेसको मतबाट राजनीतिक अस्तित्व जोगाउनुपर्ने अवस्थाबाट गुज्रिराखेका छन् । निर्वाचनमा विजयी भई सरकारमा पुग्ने मात्र अभिप्रायले हुन लागेको गठबन्धनका रूपमा यसलाई लिनुपर्छ ।

लोकतान्त्रिक शक्तिका रूपमा नेपालको राजनीति नेकाको वरिपरि घुमिरहेको हालसम्मको स्थितिबाट अब नेकाको राजनीतिक प्रभाव कम्युनिस्टसँगै हिंड्दा धराशायी बन्दै गएको छ । यो गठबन्धन विशेषगरी दुई दलको दबाबका आधारमा भएको छ । यस अवस्थामा भएको गठबन्धनको उपादेयतामा प्रश्न चिह्न खडा हुन्छ ।

साम्यवादीसँग एकता गर्ने विषयमा केही यथार्थतालाई मध्यनजर गर्नुपर्छ । आस्था र सिद्धान्तमा समझदारी गरेर गठबन्धन गरिनुहुन्न । केही साझा एजेन्डातय गरेर त्यसलाई तार्किक निष्कर्षमा पु¥याउन गठबन्धन गर्नुपर्छ । नेपालमा संविधानको सर्वस्वीकार्य विषयमा सर्वदलीय मतैक्यता कायम गर्न एकता गर्न सकिन्छ । देशमा सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने एजेन्डा तय गरी साना ठूला सबै पदाधिकारीमाथि कानुनको समान प्रयोग गर्न आवश्यक व्यवस्था गर्न गठबन्धन हुन सक्दछ ।

देशमा द्वन्द्वरत पक्षलाई शान्ति वार्तामा ल्याई संसदीय राजनीतिमा समावेश गराउने सन्दर्भमा भएका प्रयासहरूलाई स्वागत गर्नुपर्छ । राष्ट्रको प्रगति र संवृद्धि लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको संरक्षणका उद्देश्यले गठबन्धन गरिँदा यसलाई देशभित्र र बाहिरबाट समेत स्वीकार गर्ने परिस्थिति बन्दछ । नेपालको सिमाना प्रतिवर्ष मिचिँदै छ । यसको संरक्षणमा सबै दलको सामूहिक चासो र प्रयास हुनु नितान्त आवश्यक छ । तर, अहिले भएको गठबन्धन निर्वाचनमा बिजयी हुने र सत्तामा पुग्नेबाहेक अन्य उद्देश्यले प्रेरित भएको देखिएन ।

नेकालाई यस गठबन्धनले कति फाइदा पुग्ला ? भन्ने विषय उत्तिकै सान्दर्भिक छ । आफ्नै दलभित्र यसको व्यापक विरोध भइरहेको छ । आजीवन रुख चिह्नमा मत हालेर बसेका मतदाता अब अनुदार अतिवादी कम्युनिस्ट दलको हँसिया र हथौडामा मत हाल्न जाने परिस्थति दलले बनाइदिएको छ । यो नेकाको गम्भीर भूल हो । आस्था र सिद्धान्तमा अडिग रहन कार्यकर्तालाई प्रोत्साहित गर्न सक्नु पर्दथ्यो । आफ्नै दलको ठूलो संख्यामा मतदाताले विश्वास गरेकालाई मर्यादा क्रममा नवआगन्तुक कांग्रेसभन्दा पनि तल्लो हैसियतमा राखेर मानमर्दन गर्दै द्वन्द्वको प्रारम्भ नेकाले गरिसकेको छ । यसको प्रभाव आसन्न निर्वाचनमा पर्न सक्दछ । निर्वाचनमा स्थानीय नेता र कार्यकर्ताको मनोविज्ञानलाई बेवास्ता गर्दै टिकट दिने र केन्द्रले नै आफ्नो समूहगत आधारमा व्यवहार गर्दै गयो भने यसले निर्वाचनको नतिजामा नकारात्मक प्रभाव पार्न सक्दछ । यी सवै यथार्थतालाई मध्यनजर गर्दै भावी कार्यक्रम सञ्चालन गरिँदा मात्र नेकाको पक्षमा नतिजा आउन सक्दछ । अन्यथा यस प्रकारको गठबन्धनले दीर्घकालीन र अल्पकालीन प्रभाव नकारात्मक रूपमा पर्न सक्दछ ।

सारांशमा लोकतान्त्रिक शक्तिले गैरलोकतान्त्रिक शक्तिसँग गठबन्धन गर्दा यसले क्षति पु¥याउनेमा सन्देह रहँदैन । आलोचकले यो गठबन्धनलाई कांग्रेसले गरेको आत्मघाती गोलसम्म भन्न भ्याएका छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया