असार २९, २०८२ आइतबार July 13, 2025

दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे  छ। कीर्गिस्तानको बिस्केकमा  ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको  नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल  चौथो स्थानमा छ । शीर्ष स्थानको  ताजकिस्तानको चार अंक छ  भने  दोस्रो स्थानकाे  उज्वेकिस्तनको तीन अंक  छ ।  तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया