असार २५, २०८२ बुधबार July 9, 2025

अग्नि सापकोटाको राजीनामापछि शिवमाया केन्द्रीय सदस्य बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टी एकीकरणको डेढ वर्षपछि पहिलोपटक बस्न लागेको नेकपा केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वको चर्को आलोचना गर्ने देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड साझा धारणाका साथ प्रस्तुत हुने तयारीमा छन् ।

स्थायी कमिटी बैठकमा सहभागी नभएका अध्यक्ष तथा प्रधानमन्त्री ओली बुधबारबाट सुरु हुने बैठकमा भने उपस्थित हुँदैछन् । बैठकको सुरुमै प्रधानमन्त्रीले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने कार्यसूची छ । दुवै अध्यक्षका तर्फबाट अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाट परिमार्जनसहित पारित भएको राजनीतिक प्रतिवेदन तयार पार्दैछन् ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा अन्य तयारीका लागि मंगलबार अपरान्ह सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकले अध्यक्षहरुको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठानिक कार्ययोजना पारित गरेर केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने नेकपा स्रोतले जनाएको छ ।

४४५ सदस्यीय केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा बस्ने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताएका छन। उनले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने बताएका छन । त्यसका लागि निश्चित संख्या तोकेर केन्द्रीय सदस्यहरुको समूह बनाइने र समूहगत छलफलका निष्कर्ष र सुझाव एकजनाले बैठकमा प्रस्तुत गर्ने विधि अपनाइने भएको छ ।

कतिजनाको समूह बनाउने भन्ने तय भइसकेको छैन । सचिवालय बैठकपछि महासचिव विष्णु पौडेलले अध्यक्षहरुसँग परामर्श गरेर समूहगत विभाजनको खाका बनाउने बताइएको छ । कतिपय केन्द्रीय सदस्यहरुले भने बैठकमै ‘नियमापत्ति’का रुपमा जरुरी विषयमा नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

पार्टीमा छलफल र बहसहरु हुन छाडेको, बैठकहरु नराखिएको र केही नेताले पार्टीका नाममा निर्णय लाद्ने प्रवृत्तिविरुद्ध केन्द्रीय सदस्यहरुले मोर्चाबन्दी गर्न थालेका छन् ।

केन्द्रीय कमिटी बैठकपछि पार्टीले विशेष अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।

यसैबीच उपसभामुखबाट राजिनामा दिएपछि पुनः पार्टी काममा फर्किएकी शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा पुनस्र्थापित गरिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फे उपसभामुख निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । सभामुख अग्निप्रसाद सापकोटाले सम्भवतः आजभोलिमै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनेछन् ।

रिक्त रहेको केन्द्रीय सदस्य पदमा तुम्बाहाङ्फेलाई पुनस्र्थापित गर्नेबारे नेताहरुबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

तर, नेकपाको केन्द्रीय समितिमा करिब आधा दर्जन पदहरु रिक्त रहेकाले ती सबैमा एकसाथ पदपूर्ति गरिने स्रोतले बतायो । रिक्त पदहरु पूर्तिका लागि यसअघि अध्यक्ष ओलीले ल्याएका नामहरुमा अर्को पक्षले समर्थन नर्दा पारित हुन सकेको थिएन ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरणपछि निर्वाचन आयोगमा पार्टी दर्ताका लागि माइन्युटमा केन्द्रीय सदस्यहरुको हस्ताक्षरको औपचारिक प्रयोजनका लागि भएको बैठकपछि नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । प्रत्येक ६ महिनामा बस्ने बैधानिक व्यवस्था भएपनि नेकपा बैठक करीव डेढ वर्षदेखि बसेको छैन ।

पार्टीका बैठकहरु नराखिएपछि नेताहरुले आफ्ना धारणा मिडिया र सोसल मिडियामा व्यक्त गर्नुपर्ने अवस्था आएको र त्यसले पार्टी अनुशासनमा गम्भीर समस्या ल्याएको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताएका छन । बैठकहरु नियमित राख्ने हो भने सडकमा पार्टीका आन्तरिक कुरा छरपस्ट नहुने उनको भनाइ छ ।

एमसीसीबारे अनौपचारिक छलफल हुने

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसीसीका सन्दर्भमा स्थायी कमिटीले दिएको सुझावसमेत समेटेर केन्द्रीय कमिटीमा छलफल गराउन लागिएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

एमसीसी पारित गर्ने विकल्पमा रुपमा सरकारले संसदबाट नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने संकल्प प्रस्ताव पास गर्ने तयारी गरिसकेको छ ।

यद्यपि एमसीसीलाई बैठकमा बेग्लै एजेण्डाका रुपमा प्रस्तुत नगरी केन्द्रीय सदस्यहरुको राय मात्र लिने तयारी भइरहेको स्रोतले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार