असार २९, २०८२ आइतबार July 13, 2025

मदन भण्डारी स्मृति गोल्डकप फुटबलको उपाधि सिराहको पोल्टामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  गाईघाट फुटबल क्लब उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सहलेस फुटबल क्लब सिराहाले चुमेको छ ।

उपाधिको लागि शुक्रवार सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरस्थित सहिद स्मृति रङ्गशाला खेल मैदानमा भएको फाइनलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेस फुटबल क्लब सिराहाले उपाधि रक्षा गरेको हो ।

जिल्ला फुटबल सङ्घ सप्तरी तथा न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुरको आयोजना र मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदीय विकास र सप्तकोसी नगरपालिका सप्तरीको सहयोगमा चैत २५ गते शुक्रवार देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले विजेता उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभयो । प्रथम हुने टिमले नगद २ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र र दोस्रो हुने टिमले १ लाख नगद, ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया