काठमाडौंः नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न बैठक बोलाइएको प्रचार प्रमुख गुरुङले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया