असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चीनमा गत डिसेम्बरदेखि देखा परेको कोरोना भाइरसले हालसम्म सयभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ।

चीन सरकारले मंगलबार दिएको जानकारीअनुसार त्यहाँ कोरोनाको संक्रमण चार हजार जनामा देखिएको छ भने एक सय ६ जनाको मृत्यु भइसकेको छ।

कोरोनाको संक्रमणपछि साफ फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको थियो।

चीनले यस संक्रमणलाई नियन्त्रण गर्न कोरोना संक्रमित क्षेत्रलाई अन्य शहरसँग अलग्याएको छ। त्यसका लागि सरकारले सवारी साधन ठप्प पारिदिएका छन् भने पसलहरु बन्द गरिदिएका छन्।

हाल चीन नयाँ वर्षको माह्वलमा छ। तर कोरोनाको त्रासले सरकारले महत्वपूर्ण कार्यक्रमहरुलाई स्थगित गरिदिएका छन्।

कोरोनाको संक्रमण हालसम्म १३ देशमा देखिएको छ। ती देशहरुले चीनबाट फर्किएका नागरिकमा कोरोना देखिएको बताएका छन्।

कोरोनाको लक्षण?

कोरोना भाइरस निकै सामान्य हुन्छन्। सास फेर्न गाह्रो हुने, खकार आउने, नाकबाट पानी बग्ने यी सामान्य लक्षणहरु कोरोना संक्रमणको संकेत हुन्।

तर कोरोना परिवारको केही भाइरस निकै खतरनाक हुन्छन्। सार्स ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ र मर्स ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ खतरनाक मानिन्छन्।

वुहानबाट सुरु भएको कोरोनाको महामारी ‘नोवल कोरोना भाइरस’का कारण भएको हो। यसलाई एनसीओभी नाम दिइएको छ। यो भाइरस कोरोना परिवारको नयाँ सदस्य हो जुन यसअघि मानिसमा देखिएको थिएन।

नयाँ कोरोना भाइरस संक्रमण भएपछि सुरुमा ज्वरो आउँछ। त्यसपछी सुख्खा खोकी सुरु हुन्छ। हप्तादिन जति सुख्खा खोकीले सताएपछि सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि यो संक्रमण निमोनिया र सार्स बन्नजान्छ। त्यसपछी किड्नी फेल हुन्छ र पीडितको मृत्यु हुन्छ।

अहिलेसम्म नयाँ कोरोनाले धेरै वृद्धवृद्धाको ज्यान लिएको छ। खासगरी पहिल्यै पार्किन्सन र डायबिटिजले ग्रस्त बिरामीहरु यस रोगको शिकार भएका छन्।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका डाइरेक्टर प्रोफेसर पिटर पियोट भन्छन्,‘कोरोना सार्सभन्दा कम खतरनाक छ। यो खुशीको खबर हो। पहिलेको तुलनामा विश्वमा सूचनाको पहुँच अधिक छ। त्यसैले यसको जानकारीको आदान प्रदान तीव्र गतिमा भइरहेको छ। यो महत्वपूर्ण पनि छ किनभने एक सम्भावित महामारीसँग एक्लो देशले लड्न सक्दैन।’

हालसम्म यस संक्रमणको उपचार पत्ता लागेको छैन। डाक्टरहरु संक्रमितको उपचार उनीहरुको लक्षणको आधारमा गरिरहेका छन्।

यसबाट बच्न के गर्नुपर्छ?

विश्व स्वास्थ्य संगठनले कोराना प्रभावित क्षेत्रमा रहेका मानिसहरुलाई हात सफा राख्न, मास्क लगाउन र स्वस्थ्य खानपानमा ध्यान दिन सल्लाह दिएको छ।

परिवारकै सदस्यमा कोरोनाको संक्रमणको लक्षण देखिए नजिक नजान र चिकित्सकलाई खबर गर्न भनिएको छ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।

यो रोगको अहिलेसम्म कुनै उपचार वा खोप पत्ता लागिसकेको छैन।

विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः

–स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्।

–हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस्

–ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस्

–ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस्

–जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस्। मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस्। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार