काठमाडौंः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनयन गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री देउवाले आज थप सदस्य मनोनीत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापति देउवाले समिति सदस्यमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा ई सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई मनोनीत गर्नुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया