असार २९, २०८२ आइतबार July 13, 2025

बार्सिलोना काडिजसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ ।

भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेकाे  हाे । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाकाे दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ ।

काडिज भने ३१ अंक सहित १६ औं स्थानमा छ । शीर्ष स्थानमा भने रियल मड्रिड छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया