असार २५, २०८२ बुधबार July 9, 2025

मुस्किलले सभामुख चयन हुनु भएकोमा बधाई : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले मुस्किल मुस्किलले सभामुख चयन भएको भन्दै अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन् ।

सापकोटा सभामुख भएपछि मंगलबार बसेको पहिलो बैठकमा सबै दलका नेताहरुले शुभकामना दिने कार्यतालिका थियो । सुरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै शुभकामना दिएका छन ।

लगतै सम्बोधन गरेका देउवाले सुरुमै सापकोटालाई व्यंग्य गरे, ‘धेरै ठूलो रस्साकस्सीका बाबजुद मुस्किल मुस्किलले ढिलै भएपनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

सभामुख कुनै पार्टीको नभई सम्पूर्ण सदनको भएको भन्दै उनले प्रतिपक्षलाई विश्वास लिएर अगाडि बढ्न सुझाव दिएका छन । सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्ने बचन समेत दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार