असार २९, २०८२ आइतबार July 13, 2025

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एपिएफले नगद ८० हजारमा चित्त बुझायो ।

सेमिफाइनलमा पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले समान ४० हजार प्राप्त गरे ।

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई आजै आयाेजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया