असार २३, २०८२ सोमबार July 7, 2025

बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त सर्वेक्षणले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । समाचार संस्था एएफपीका अनुसार भूकम्पको धक्का भूकम्पको केन्द्रबिन्दुबाट ४ सय किलोमिटर टाढा बेलग्रेड, जाग्रेब र स्कोप्जेसम्म महशुस गरिएको थियो ।

 भूकम्पको धक्का अल्बानिया र दक्षिणी इटालीमा पनि महशुस भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया