असार ३०, २०८२ सोमबार July 14, 2025

युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष चारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राखेको छ ।

शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलको  जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै  शीर्ष चार भित्र रहेको छ ।  शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया