असार ३०, २०८२ सोमबार July 14, 2025

कोलकातामाथि गुजरातको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ अन्तर्गत शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि आठ रनको जित निकालेको छ ।

गुजरातले दिएको १५७ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।

कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए । यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ रनको योगदान गरे । गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए ।

यसअघि मुम्बईमा  टस जितेर ब्याटिङ गरेको  गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रनको योगफल तयार पार्‍यो ।

गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाए  । यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ रनको योगदान गरे ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया