वैशाख ३०, २०८१ आइतबार May 12, 2024

ताप्लेजुङमा बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया